आफ्ने बलमा माओवादी पहिलो पार्टी बन्ने अध्यक्ष दाहालको दाबी

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका छन् । 

आइतबार पोखरामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा उनले माओवादी कार्यकर्ताले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका हुन् । 

उनले गठबन्धन हुनसक्ने गरी तालमेल गर्ने सम्भावना जिवितै रहेको भए पनि पुरै विश्वस्त हुन सक्ने अवस्था नरहेको बताए ।

अध्यक्ष दाहालले आगामी निर्वाचनपछि आफूहरु पहिलो शक्ति बन्ने दाबी गरे । उनले चुनावमा गठबन्धन होला र चुनावमा जितिएला भनेर नबस्नसमेत पार्टीका नेताहरुलाई आग्रह गरे । 

अध्यक्ष दाहालले पछिल्लो समय पार्टीप्रति धेरै लहर बढेको र जनचासो बढेको पनि बताए । अहिले संविधान जोगाउने दल नै माओवादी रहेछ भन्ने छाप आम जनतामा परेको उनको भनाइ छ । 

स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै दाहालले यसमा कसैले पनि द्विविधा पाल्न नहुनेपनि स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.