अफगानिस्तानमा छात्रा पनि विद्यालय जान पाउने

0

एजेन्सी : अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । तालिवान सरकारले मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने भएका हुन् ।

सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो ।

उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको हो ।

बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तर्राष्ट्रिय निकाय तथा मानव अधिकारवादी संघसंगठनले पनि स्वागत गरेका छन् ।

आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिवान सरकारको निर्णयको राष्ट्रसंघले स्वागत गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्न दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.