चन्द नेकपाले चुनावमा भाग लिने वा नलिनेबारे निर्णय गर्दै

0

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी छ ।

शुक्रबारदेखि कपिलवस्तुको शिवनगर केन्द्रीय समिति बैठक सुरू भएको हो ।

बैठकमा महासचिव नेत्रविक्रम चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भैरहेको नेताहरुले बताएका छन् ।

चन्दले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने/नलिनेबारे निर्णय गर्ने छ ।

त्यस्तै एमसीसीवारे पार्टीको औपचारिक धारणा पनि तय गर्ने बताइएको छ ।

बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको छ ।

Leave A Reply

Your email address will not be published.