स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

0

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । 

आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । आयोगले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिनको समय छुट्याएको हो । 

उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने छ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिने छ ।  

वैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुने छ ।

Leave A Reply

Your email address will not be published.