संवैधानिक आयोगका पदाधिकारीविरुद्ध संवैधानिक इजलाशमा शुक्रबारबाट सुनुवाइ शुरु

0

काठमाडौं : संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको आजदेखि सुनुवाइ शुरु भएको छ ।

शुक्रबार ११ वटा रिटमाथिको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । अब यसको सुनुवाइ आगामी बुधबार बस्ने संवैधानिक इजालसमा हुने छ ।

संवैधानिक इजलास हरेक साताको बुधबार र शुक्रबार मात्रै बस्ने नियम छ । सर्वोेच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारका लागि त्यससम्बन्धी सबै रिट पेशी तोकेको थियो ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन । संवैधानिक परिषदको बहुमतबाटै निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएर गरिएका नियुक्ति गैरसंवैधानिक भएको निवेदकको जिकिर छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निर्णयमा संलग्न भएकाले सुनुवाइमा बस्न नमिल्ने भन्दै विवाद भएको थियो ।

महाअभियोग लागेर प्रधानन्यायाधीश राणा निलम्बनमा परेसँगै यससम्बन्धी रिटमाथिको सुनुवाइ अगाडि बढेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ती नियुक्ति गरेका थिए ।

त्यसलगत्तै प्रतिनिधिसभा विघटन गरेर नियुक्तिका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ समेत भएको छैन ।

Leave A Reply

Your email address will not be published.