फोहरले कुरुप बन्दै कोहलपुर बजार, मुकदर्शक नगरपालिका,

0

तिलक बाबू , चैत ४, कोहलपुर,

कोहलपुरमा हप्तौं देखि फोहर ब्यबस्थापन हुन नसक्दा सडकपेटी भरी फोहर थुप्रीएको छ। दिनानुदिन फोहरले नगरपालिका दुर्गन्धित भैरहदा नगरपालिका भने मुकदर्शक बनिरहेको छ।

बसपार्क, पीपलचौतारा, साझा चोक लगायतका स्थानमा फोहोरको थुप्रो दैनिकरुपमा बढिरहेको छ । स्थानीय, ब्यापारीले उत्पादित फोहोरलाई सडक किनारामा ल्याएर फाल्ने गरेका छन् । फोहोर संकलनका लागि जटायु रिसाइकलर्स संग सम्झौता भएता पनि पटक पटक जटायुले विभिन्न माग राखेर फोहर संकलन रोकेको छ।

फोहोर व्यवस्थापनका लागि जग्गा नहुँदा समस्या भएको जटायु रिसाइकलर्स प्रालिका पूर्व सञ्चालक समिति अध्यक्ष सतिस केसीले बताए । बजार क्षेत्रबाट संकलन भएको फोहोर बिसर्जनका लागि नगरपालिकाले स्थान उपलब्ध गराए फोहोर उठाउन आफूहरु तयार रहेको उनी बताउँछन् । तर सम्झौता पत्रमा भने नगरपालिकाले फोहोर बिसर्जनका लागि जग्गा उपलब्ध गराउने भनिएको छैन।

जटायु सम्झौता बिपरित गएको नगरपालिकाले दाबी गरेको छ। नगरपालिका र जटायुको आआफ्नै अडानका कारण नगरबासीले सास्ती भोग्नु परिरहेको छ।

Leave A Reply

Your email address will not be published.