युक्रेन युद्धको अन्त्यका लागि रुसले राख्यो चार सर्त

0

एजेन्सी : युक्रेनमा जारी युद्धको अन्त्य गर्न लागि रुसले चार सर्त अघि सारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त अघि सारेका हुन् ।

युक्रेन नेटोमा संलग्न हुन नहुने र उसको भूमिका युरोप तथा रुसकाबीच तटस्थ हुनुपर्ने पहिलो सर्त रुसको छ । रुसका लागि युक्रेन चुनौती बन्ने छैन भन्ने ग्यारेन्टी समेत उसले मागेको छ ।

युक्रेनको निशस्त्रीकरण गरिनुपर्ने र युक्रेनमा रुसी भाषाको संरक्षण तथा रुसी भाषीहरुको अधिकार सम्बन्धि माग पनि पुटिनले राखेका छन् ।

शान्ति सम्झौता हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आम्नेसाम्ने वार्ताको सर्त पनि उनले राखेका छन् ।

क्राईमिया तथा हालै रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएका दोनेत्स्क र लुहांग्सलाई युक्रेनले पनि मान्यता दिनुपर्ने उनको माग छ ।

Leave A Reply

Your email address will not be published.