स्थानीय निर्वाचनमा एमालेसँग तालमेल हुने कुनै सम्भावना छैन : प्रचण्ड

0

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्ने कुनै सम्भावना नदेखिएको बताएका छन् । 

बिहीबार बिहान लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै उनले तत्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।

बुटवलमै आयोजित एक कार्यक्रममा बुधबार माओवादी नेता वर्षमान पुनले भने एमालेसँग तालमेल ढोका बन्द भइनसकेको बताएका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष दाहालले एमालेसँग चुनावमा तालमेल गर्ने कुरा तत्काल सम्भव नभएको बताएका हुन् । 

अध्यक्ष दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए । उनले चुनाव नहुने भन्ने कुरा कहीँ कतैबाट नदेखिएको भन्दै भ्रममा नरहेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे । 

Leave A Reply

Your email address will not be published.