ओलीको दाबी- एमालेले ६०-७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्छ

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दाबी गरेका छन् । 

मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकमा अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् । 

ओलीले कम्युनिष्ट नाम राख्दैमा बास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे । उनले केहि बुद्धिजिवीले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउदै कम्युनिस्ट एकता बेकारको कुरा भएको तर्क समेत गरे ।

वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । 

उनले हाल उपाध्यक्ष र उपमेयरको भूमिकामा रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्मक रहेको भन्दै यस विषयमा अस्वस्थ अभियान नचलाउन सुझाव दिए ।

अध्यक्ष ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दाबी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.