क्रिप्टोकरेन्सी सम्बन्धी सबै एप बन्द गर्न सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणको निर्देशन

0

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । 

इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको हो । 

प्राधिकरणले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध तथा कालोसूचीमा राख्न निर्देशन दिएको हो । 

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो । 

मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि आएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई क्रिप्टोकरेन्सीमा प्रयोग हुने सबै एप बन्द गर्न निर्देशन दिइएको हो ।

Leave A Reply

Your email address will not be published.