राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य

0

काठमाडौं : संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । 

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ । 

यस्तै संसद सचिवालयले अधिवेशन अन्त्य भएकाले चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र राष्ट्रियसभाको अनिश्चित बैठकसमेत अन्त्य भएको सांसदहरुलाई जानकारी गराएको छ।  

Leave A Reply

Your email address will not be published.