रुसले चीनसँग हतियार र सहयोग माग्यो : अमेरिका

0

रुस युक्रेनबीचको युद्धका क्रममा रुसले चीनसँग हतियार र सहयोग मागेको दावी अमेरिकाले गरेका छन् ।  

अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । तर, रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । 

अमेरिकाको वाशिङ्टनस्थित चिनीयाँ दूतावासले भने यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफू क्रियाशिल रहेको जनाएको छ ।
यसैबीच युक्रेनको राजधानी किभ नजिक पुगेको रुसी सेनाले युद्धको १५ औं दिनमा युक्रेनको मारिउपोल शहरमा कब्जामा लिएको छ ।

रुसी सेनाले कब्जा जमाएपछी खाद्यान्न र पानीको अभाव झेलिरहेका त्यहाँका १ लाख ४० हजार नागरिक विस्थापित भएका छन् ।

Leave A Reply

Your email address will not be published.