लक्षण नभएका र खोप लगाएकाले पीसीआर परीक्षण गर्नु नपर्ने

0

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण नदेखिएकाले पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ । 

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको हो । 

यसअघि, अस्पतालमा अपरेशन लगायत भर्ना हुनका लागि पीसीआर अनिवार्य गरिएको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रा १५ लाख भन्दा बढीले लगाएका छन । खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा अतिरिक्त मात्रा लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरू भएको १४ महिनासम्ममा कुल जनसंख्याको ६२ दशमलब ९ प्रतिशतले खोपले लगाइसकेका छन् । सरकारले चैत्रभित्र सबै नागरिकलाई खोप दिइसक्ने घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.