निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै, स्थानीय तह चुनावबारे राय सुझाव लिने

0

काठमाडौं : निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा शुक्रबार राजनीतिक दलसँग छलफल गर्दैछ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिसँग दलले शुक्रबार छलफल गर्न लागेको हो ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिने आयोगले जानकारी दिएको छ ।

निर्वाचन घोषणा भएको करिब एक महिना भएकाले यो विचमा भएका कामबारेपनि दलहरुलाई जानकारी गराउने आयोगले बताएको छ ।

आयोगले दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी राय सुझाव लिने पनि जनाएको छ ।

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपा बाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.