एकीकृत समाजवादी बैठक : पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि उठ्यो प्रश्न

0

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठेको छ ।

बिहीबार काठमाडौंमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैली र आचरणमाथि प्रश्न उठेको हो ।

पार्टीको निर्देशन र आचारसंहिता बिपरित मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसँगको तालमेल मिल्न नसकेको लगाएतका प्रश्न उठेको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

उनले पार्टीभित्र एमसीसीको विवाद सकिएको पनि बताए । बैठकमा निर्वाचनमा प्रतिगामी तत्वहरुलाई प्ररास्त गर्नका लागि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको पनि तुलाधरले बताए ।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.