ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन उत्तम विकल्प : माधव नेपाल

0

काठमाडाैं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको समेत बताए । 

एमालेले संसद् चल्न नदिने र पंगु बनाउने काम गरिरहेकाले विघटन गरेर तत्काल निर्वाचनमा जानु नै उत्तम विकल्प हुने उनको भनाइ छ ।

आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्नि सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै नेकपा एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.