प्रधानन्यायाधीशविरुद्धको महाभियोग अध्ययनका लागि समिति गठन

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ’महाभियोग सिफारिस समिति’ गठन भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

समितिमा एमालेका तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल रहेका छन् ।

त्यस्तै कांग्रेसबाट मीन बहादुर विश्वकर्मा, राम बहादुर बिष्ट, माओवादी केन्द्रका तर्फबाट यसोदा सुवेदी, रेखा शर्मा रहेका छन् भने नेकपा एकीकृत समाजवादीका तर्फबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मिया र जसपाबाट प्रमोद साह रहेको सभामुख अग्नी सापकोटाले बताए ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेश भएको छ ।

त्यस्तै जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि पढेर सुनाइएको छ ।

आइतबारको बैठकमा पनि एमाले सांसदहरुले नारावाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २९ गते आइतबार बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.