बिधालयमै पुगेर सचेतना फैलाउदै ट्राफिक प्रहरी,

0

तिलकबाबू , फागुन २२ कोहलपुर,

देशभर सवारी दुर्घटना बढे संगै ट्राफिक प्रहरी सक्रिय देखिएको छ। यस्तै अस्थायी ट्राफिक पोस्ट चपरगौडीले स्वयम बिधालयमा पुगेर विद्यार्थी हरुलाई जथाभावी बाटो नकाट्न, बाटो काड्दा सचेत रहन अनि जेब्रा क्रसिङबाट मात्र बाटो पार गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ।

हप्तामा ३ दिन बिधालयमा गएर सचेतना कार्यक्रम गरिएको साथै बिधालय समयमा हाइवयमा हुइकिएर आउने गाडिहरुलाई रोकेर जेब्रा क्रसिङबाट विद्यार्थीहरुलाई बाटो काट्न मद्दत गरिरहेको दृश्य बिहान १० बजे देख्न सकिन्छ।

साथै यात्रुबाहक बस लगायत ढुवानीका गाडीका चालक र सहचालकलाई यात्रा गर्दा गति सिमित गर्न, सावधानी अपनाउन, दुर्घटनाबाट आफू बच्न र बचाउन चप्परगौडी ट्राफिक पोस्टले अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.