राप्रपाका नेता गणेश शेरचनको निधन

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन भएको छ।

लामो समयदेखि मधुमेहबाट पीडित उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो ।

उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक थिए ।

उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन् ।

Leave A Reply

Your email address will not be published.