निर्वाचन आयोगद्वारा चुनावमा प्रयोग हुने सामग्री ढुवानीका लागि सूचीकृत हुन आह्वान

0

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने सामग्री हेलिकोप्टर, ट्रक, कन्टेनरबाट ढुवानीका लागि फर्म/कम्पनी सूचीकृत गर्न आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्रीहरू ढुवानी गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ बमोजिम हेलिकोप्टर, ट्रक र कन्टेनरबाट ढुवानी गर्न तथा कुरियर सेवा सञ्चालन गर्ने फर्म/कम्पनी सूचीकृत गर्नुपर्ने भएकाले सो सूचना जारी गरेको आयोगले जनाएको छ ।

आयोगले सूचना जारी गर्दै सात दिन भत्र दर्ताका लागि आह्वान गरेको हो । सूचीकृतका लागि ढुवानी तथा कुरियर सेवा सञ्चालनका लागि इजाजत प्रमाणपत्र र तीन आर्थिक वर्षको कारोबार अंक खुलेको प्रमाणपत्र संलग्न गर्न आयोगको आग्रह छ ।

कुरियर सेवा प्रदान गर्न इच्छुक फर्म/कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लामा रहेको टेलिफोन/मोबाइल नम्बरसहितको विवरण निवेदनसाथ पेस गर्नपर्ने सूचनामा उल्लेख छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ ।

Leave A Reply

Your email address will not be published.