राष्ट्रियसभाका २० सदस्यको पदावधि सकियो

0

काठमाडौं : राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि शुक्रबारदेखि सकिएको छ ।

नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जनाको पदावधि सकिएको हो ।

यसबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भइसकेका छन् । गत माघ १२ मा भएको निर्वाचनबाट सत्तारूढ गठबन्धनका पाँच दलबाट १८ जना र नेकपा एमालेबाट १ गरी १९ सांसद निर्वाचित भएका थिए ।

निर्वाचित नयाँ सांसदलाई शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा सपथ खुवाउने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेसबाट छ, नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट पाँच, नेकपा एमालेबाट एक, जसपाबाट एक, राष्ट्रिय जनमोर्चाबाट एक सांसद निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.