संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

0

काठमाडौं : सत्तारुढ गठबन्धनले प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्ने निर्णय गरेको छ । 

बिहीबार विहान बसेको गठबन्धन बैठकले संसदमा महत्वपूर्ण विधयेकहरु अलपत्र परेको भन्दै प्रतिपक्षि एमालेलाई अवरोध अन्त्य गर्न आग्रह गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी, राजदूत नियुक्ति लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

यसैबीच, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष धन्यवाद दिएका छन् । 

प्रधानमन्त्री देउवाले दाहाल र नेपालसहित सबै नेताहरूलाई धन्यवाद दिएका हुन् । गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.