हाम्रो पार्टीको अडानले एमसीसीमा व्याख्यात्मक घोषणा भएको हो : अध्यक्ष नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीबारे एमाले मुकदर्शक भएको आरोप लगाएका छन् । 

मंगलबार एमसीसीबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले एमाले चुपचाप बसेर प्रहसन र तमासा देखाएको आरोप लगाएका हुन् । उनले विचलित भएका ओलीसँग देश भक्तिको भावना समेत नरहेको आरोप लगाए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको पहलका कारण एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी समेत गरे ।

नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियाे । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हाे ।’ 

उनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताए ।

अध्यक्ष नेपालले आफ्नो अडान र सचेतना अभियानको सफलताको रुपमा एमसीसीलाई लिएको समेत बताए ।

Leave A Reply

Your email address will not be published.