महाशिवरात्रि पर्वको रौनक

0

काठमाडौं : शिव भगवानको विशेष पुजा आराधना गरि मनाइने शिभरात्रि पर्व यो वर्ष धुमधामका साथ मनाइएको छ । सजिएको पशुपति र व्यवस्थापकीय चुस्तताले पशुपति दर्शनका लागि पुगेका भक्तजनहरु खुसी देखिए । 

कारोनाका कारण विगत दुई वर्ष महाशिवरात्रि मनाउने अवसर जुर्न सकेको थिएन । जोखिम कम भएसँगै यो वर्ष भने शिवरात्रि धुमधामका साथ मनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले गरेको पूर्व तयारी प्रभावकारी बन्दा भक्तजनहरुले सहज मन्दिर दर्शन गर्न पाएका हुन् । विगतका वर्षहरुमा भन्दा भक्तजनहरुको संख्या उल्लेख्य रहे पनि उनीहरुले सहजरुपमा मन्दिरमा दर्शन गर्न पाउँदा खुसी देखिन्थे ।

देविदेवताको चित्रले रंगिएका भित्ता, फुलबत्तिले सजिएको पाशुपत क्षेत्रले भक्तालुहरुलाई मोहित बनाएको थियो ।

यो वर्ष महाशिवरात्रि व्यवस्थापनको लागि कोषले ५५ संघसंस्थाका ५ हजार बढी स्वयंसेवक र आवश्यक सुरक्षा निकायको व्यवस्था गरेकाले भक्ताजनहरुले विगतको तुलनमा सहज दर्शन गर्न पाएका हुन् ।

Leave A Reply

Your email address will not be published.