राष्ट्र हित प्रतिकुल नहुने गरी एमसीसी कार्यान्वयन गर्नुपर्छ : एमाले अध्यक्ष ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्‍बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी कार्यान्वयनका क्रममा नेपालको सार्वभौमिकतामा असर परे एमालेलाई स्वीकार्य नहुने बताए ।

अध्यक्ष ओलीले एमसीसीको व्याख्यात्मक घोषणालाई नेपाली जनता झुक्याउने ठगी पत्रको संज्ञा दिए । ‘व्याख्यात्मक घोषणा लाज छोप्ने पातलो धरो हो । यो नेपाली जनतालाई झुक्याउने ठगी पत्र हो,’ उनले भने ।

ओलीले एमसीसी सम्झौता जनतालाई थाहा दिनैका लागि संसदमा लगिएको पनि बताए । ‘जनतालाई थाहा दिन एमालेले एमसीसी सम्झौता संसदमा लग्यो । खुसुक्क लागु गर्न सकिने कुरालाई राष्ट्रिय महत्वको विषय बनायो भनेर आलोचना गरिएको छ’, उनले भने, ‘अहिले निर्लज्ज रुपमा हल्ला चलाइयो । ओली सरकारले संसदमा पेश गरेर गल्ती गर्यो भने । प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आईपीएसको अंग बनाइयो भनेर हल्ला चलाइयो ।’

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतिर लक्षित गर्दै उनले अफवाह फैल्याएको पनि बताएका छन् । 

‘हामीले हिजो प्रमुख पार्टीका प्रमुख नेताको वक्तव्य सुन्यौँ । अमेरिका भन्छ आईपीएसको अंग होइन । उनीहरुको व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन । एमसीसीलाई सहज र स्वस्थ ढंगले पास गर्न सकिन्थ्यो’, उने भने, ‘ राजनीति नगरी अघि बढाउन सकिन्थ्यो । देशमा हुँडलो मच्चाउन खोज्ने र देशमा मतभेद बढाउन खोज्ने काम भयो। साकाहारी आन्दोलनले भएन, अब जंगल जानुपर्छ भन्ने धाकधक्कुसमेत दिइयो ।’ 

Leave A Reply

Your email address will not be published.