हिजो एमसीसी अगाडि बढाउने, आज चर्को स्वरमा विरोध गर्नेले राजनीतिबाट सन्यास लिनुपर्छ : डा. भट्टराई

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मतरुपले पारित गर्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले एमसीसीमार्फत नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन् ।

एकमतले पारित गर्नका लागि आवश्यक कदम चाल्न उनले सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले २०६६ सालपछिका सबै प्रधानमन्त्रीहरुको कार्यकालमा यो सम्झौता अगाडी बढेको उल्लेख गरे ।

उनले हिजो सम्झौता अगाडि बढाउने र आज चर्को स्वरमा विरोधमा उत्रिनेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भए सबै नेताहरुले प्रायश्चित गर्न सक्नुपर्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.