सांसद भेडाबाख्रा होइनन्, एमसीसीका सबै दस्तावेज सदनमा पेश गर्नुपर्छ : झलनाथ खनाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदमा प्रतिनिधि भएका सांसदहरू भेडाबाख्रा नभएको बताएका छन् । 

आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै एमसीसीमाथि शान्‍तरुपमा छलफल र संशाेधन आवश्‍यक रहेकाे बताए ।

नेता खनालले एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेश गर्नुपर्ने बताए ।

नेता खनालले भने, ‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्, ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ ? हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै निर्णय गर्नुपर्छ ।’

नेपालको स्वाभीमानलाई तलमाथि पारेर दिएको सहयोग नलिने पनि खनालले बताए । सम्मान गरेर दिएकाे मुलुकको स्वाधीनताको रक्षा हुने भए जतिसुकै सहयाेग रकम लिने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.