एमसीसी प्रतिनिधसभाबाट अस्वीकार गर्न भीम रावलको आह्वान

0

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुने बताएका छन् ।

आइतबार संसदमा एमसीसीको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले एमसीसी सम्झौता पारित गर्ने सरकार र यसमा समर्थन गर्ने दलहरू राष्ट्रघाती र राष्ट्रिय गद्दारका रूपमा दर्ज हुने बताएका हुन् ।

उनले एमसीसी राष्ट्रघाति सम्झौता भएकाले प्रतिनिधसभाबाट अस्वीकार गर्न आह्वान गरे ।

प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेश हुनु आपत्तिजनक भएको उनले बताए । राजनीतिक दलका नेताहरु स्वार्थ र गुटबन्धीमा लागेर पारित गर्न नहुनेमा उनको भनाइ छ ।

व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.