एमसीसीविरुद्ध बानेश्वरमा विरोध प्रदर्शन

0

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् ।

युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै नाराबाजी गरे ।

तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरे पनि पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाएका छन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ । एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन् ।

Leave A Reply

Your email address will not be published.