एमसीसी : माओवादी केन्द्रमा चुलियो विवाद

0

काठमाडौं : नेकपा माओवादी केन्द्रमा एमसीसी परियोजना स्वीकार गर्ने विषयमा विवाद भएको छ ।

आइतबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले असहमति जनाएका हुन् ।

अध्यक्ष दाहालले यसलाई बीचको बाटोबाट अघि बढ्न खोजेको तर्क गरेका थिए ।

माओवादी केन्द्रको यसअघि बसेको पूर्वस्थायी समिति बैठकले संशोधन र परिमार्जन नगरी एमसीसी अगाडि बढाउन नसकिने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.