गठबन्धन तोड्न रातारात षड्यन्त्र : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न रातारात षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले पाँच दलीय गठबन्धन तोड्न र सरकारमा आउन रातारात षड्यन्त्र भइरहेको भैरहेका बताएका हुन् ।

सरकारबाट हटाउन, प्रदेशमा मुख्यमन्त्री बनाउन भन्दै षड्यन्त्र भैरहेको र आफु त्यसलाई विफल बनाउन लागेको पनि अध्यक्ष नेपालले बताए ।

प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष ओलीबीच भइरहेका भेटवार्तालाई इंगित गर्दै उनले षड्यन्त्रको संज्ञा दिएका हुन । उनले आफ्नो ध्यान देश हित र प्रगतिशील गठबन्धन जोगाउनमा रहेको पनि उल्लेख गरे ।

यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने उनको भनाइ छ ।

अध्यक्ष नेपालले नेपाल कुनै पनि सैनिक या सुरक्षा नीतिको अंग बन्न नसक्ने उल्लेख गरे । छिमेकी देशलाई असर पर्ने काम नेपालको संलग्नतामा, नेपालको भूमिबाट हुन नसक्ने उनको भनाइ छ ।

एमसीसी सम्झौतामा भएका शर्तलाई भने अनुचित मान्न नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.