गठबन्धन जोगाउन सत्ता साझेदार दलहरुको कसरत

0

काठमाडौं : सत्तारुढ दलहरु गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउन सहमति नजिक पुगेका छन् ।

एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न उनीहरु सहमत भएका छन् ।

शनिबार राति अबेरसम्म भएको छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका हुन् ।

एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरुको दाबी छ ।

पूरक प्रस्तावमा ‘एमसीसी सहयोग विकास अनुदान हो, यो हिन्द प्रशान्त रणनीति तथा अन्य सैन्य सङ्गठनको अङ्ग होइन । कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ’ भनेर स्पष्ट घोषणा गरिने उल्लेख गर्ने तयारी छ ।

यस विषयमा औपचारिक सहमति बनाउन दुवै दल आन्तरिक छलफलमा छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभएमा गठबन्धन टुट्न सक्ने र एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.