विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

0

काठमाडौं : सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋणका लागि सम्झौता गरेको छ । 

शुक्रबार अर्थमन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सो सहुलियतपूर्ण ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । 

हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीलेउनले नेपालले १२ वर्षभन्दामाथिका व्यक्तिलाई कोभिडविरुद्धको शुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए ।

त्यस्तै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.