सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दै नबसी स्थगित भएको हो । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो । 

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न शुक्रबारसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

प्रधानमन्त्रीको आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी गराएका थिए । 

कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा राख्न पाँच मिनेट दिने निर्णय गरेको थियो । तर बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

Leave A Reply

Your email address will not be published.