बाघको आक्रमणबाट बर्दियामा फेरी एक महिलाको मृत्‍यु

0

तिलक बाबू, कोहलपुर बाँके ,

बर्दियामा फेरी जङ्गली बाघको आक्रमणबाट एक जनाको ज्यान गएकोछ ।
बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनावारकी ४१ वर्षीय लिला चौधरीलाई मंगलबार राती शौच गर्न घर बाहिर निस्केको बेला बाघले आक्रमण गरी ज्यान लिएको हो ।

सैनावार गाउँदेखि ५० मिटर दुरीमा बर्दिया राष्ट्रिय निकुन्ज रहेको छ । आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ ।

केहीदिन अघिमात्र बाँकेको राप्ती सोनारीमा पनि दुई दिनकाे अन्तरालमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको थियो भने एकजना घाईते भएका थिए ।

Leave A Reply

Your email address will not be published.