संसद सचिवालयले सार्वजनिक गर्‍यो एमसीसीबारे छलफल गर्ने कार्यसूची

0

काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

यसअघि अर्थमन्त्री जर्नादन शर्माको अनुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा एमसीसी पेश गरेका थिए ।

यसैगरी बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.