गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको छ : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर समेत गरे ।

अध्यक्ष दाहालले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग नभई गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता भएको जानकारी पनि दिए ।

Leave A Reply

Your email address will not be published.