७ महिनामा २६ अर्ब ८५ करोड रुपैयाँको कोभिडविरुद्धको खोप आयात

0

काठमाडौं : सरकारले ७ महिनामा २६ अर्ब ८५ करोड मूल्य बराबरको कोभिडविरुद्धको खोप आयात गरेको छ ।

संक्रमण रोकथाम र नियन्त्रणका लागि खोप खरिदलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ ।

कोभिड संक्रमण बढ्दै जाँदा ७ महिनामा २ लाख ४० हजार किलो खोप आयात भएको भन्सार विभागको तथ्यांकमा छ ।

ठूलो रकम खोप खरिदमा बाहिरिँदा आयातित वस्तुको आठौं स्थानमा खोप परेको छ । सरकारले अहिले जेष्ठ नागरिकसँगै बालबालिकाका लागि पनि खोप धमाधम वितरण गरिरहेको छ ।

सरकारले अमेरिकाबाट मात्रै १३ अर्ब ८ करोड मूल्य बराबरको खोप खरिद गरेको छ । आम नागरिकमा खोपको पहुँच विस्तार भएसँगै कोभिड–१९ संक्रमणको असर पनि कम देखिन थालेको छ । दैनिक परीक्षण र पोजिटिभ देखिने संख्या निरन्तर घट्दो छ ।

Leave A Reply

Your email address will not be published.