ड्युटीमा रहेका प्रहरीमाथि ट्रक पल्टियो, एक महिला प्रहरीको ट्रकले किचेर मृत्यु…

0

तिलक बाबु , कोहलपुर बाँके ,
बाँकेको कोहलपुर चौराहामा आइतबार राति १० बजेको समयमा तिव्र गतीको ट्रक अनियन्त्रित भएर दुर्घटना हुदा ड्युटीमा रहेकी महिला प्रहरी को मृत्यु भएको छ। ना ३ ख ६४३६ नम्बरको ट्रकले सडक छेउमा ड्युटीमा रहेकी प्रहरी जवानमाथि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

पूर्वबाट नेपालगन्ज जाँदै गरेको तीव्र गतीको ट्रक सुरुमा दक्षिणमा रहेको डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएको ट्रक पश्चिमको सडक छेउमा रहेकी प्रहरी जवानमाथि आएर पल्टिएकोथियो ।

मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्री रहेकी छिन् । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ ।

ट्रक चालक बबई गाउँपालिका ६ दाङका लोकराज केसीले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । हेभी सवारी चलाउनको लागि उनीसँग सवारी चालक अनुमतीपत्र समेत नरहेको बताइएको छ । ट्रकले किचेपछि प्रहरी जवानलाई निकाल्न समेत केही समय लागेको थियो । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.