एमसीसीबारे फैलाइएको झुटको पर्दा विस्तारै खुल्दै छ : कांग्रेस

0

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीबारे फैलाइएको झुटको पर्दा विस्तारै खुल्दै गएको दाबी गरेका छन् । 

सोमबार पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे जनतामा धेरै भ्रम फैलाइएको र  नेपाली कांग्रेसले जनतालाई सत्य बुझाउन लागेको उनले बताए । 

उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे । कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको उनकाे भनाइ छ ।

नेपालले नै निवेदन दिएर एमसीसी आएको उनको दाबी छ । बाबुराम भट्टराई नेतृत्वको सरकारमा नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुदाँ यसको सुरवात भएको महतले बताए ।

महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने पनि दाबी गरे ।

Leave A Reply

Your email address will not be published.