एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवा निरन्तर परामर्शमा

0

काठमाडौं : अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श जारी राखेका छन् ।

उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासँग सहमतिमै एमसीसी अनुमोदन गर्नका लागि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले अनौपचारिक रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि परामर्श गरिरहेका छन् ।

विधयेकका विषयमा उनले एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङसँग समेत छलफल गरेका छन् ।

देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गरेर अनुदान सहायता लिनुपर्ने अडानमा रहेका छन् ।

तर सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी भने यथास्थितीमा एमसीसी अनुमोदन गर्ने पक्षमा देखिएका छैनन् ।

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय सोमबार नै गरिसकेको छ ।

फागुन १६ भित्र एमसीसी अनुमोदन गर्नुपर्ने भएकाले सहमति जुटाउन प्रधानमन्त्री देउवाले पहल थालेका छन् ।

एमसीसीमै सहमति खोज्न कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सोमबार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् । एमसीसी पारितसँगै सत्ता साझेदार दलबीच बलियो एकता कायम गर्ने कांग्रेसको प्रस्ताव छ ।

Leave A Reply

Your email address will not be published.