एमसीसी पास गर्न समर्थन गर्दैनौं, सरकार जे हुन्छ होस् : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् ।

संसद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफ्नो पार्टीको समर्थन नहुने बताएका हुन् । सरकारले जसरी पनि एमसीसी अघि बढाउन खोजे सरकार जे पनि हुन सक्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले भने, ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन, जबरजस्ती अघि बढाए सरकार जे हुन्छ हुन्छ ।’

समाजवादीका नेता झलनाथ खनालले समेत एमसीसी संसखमा पेश गर्ने निर्णयको विरोध गरेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।

Leave A Reply

Your email address will not be published.