एमसीसीबारे सरकारमा रहेका नेताहरुको दोहोरो चरित्र अनुचित : कांग्रेस महामन्त्री थापा

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका विषयमा नेताहरुले दोहोरो चरित्र देखाउन नहुने बताएका छन् ।

संसद् बैठकपछि आइतबार बाहिरिने क्रममा महामन्त्री थापाले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लाग्ने प्रवृत्ति ठिक नभएको समेत बताए ।

उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरूले सरकार छाड्नुपर्ने टिप्पणी गरे ।

मतदान गर्ने बेलासम्म एमसीसीका विषयमा सहमति हुने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.