राष्ट्रिय महत्वको विषयमा संसदमा छलफल गर्नुपर्छ : सभामुख सापकोटा

0

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयमा संसदमा छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले सांसद, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि लगायतले एमसीसी सार्वभौमा संसदमा छलफल गर्नुपर्ने भावना रहेको बताए ।

सभामुख सापकोटाले राष्ट्रिय महत्वको विषयमा छलफलको वातावरण बनाउनसमेत आग्रह गरे ।

उनले सम्झौतालाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताए ।

Leave A Reply

Your email address will not be published.