एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।

संचारकर्मीको अब एमसीसी के हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी अब पास हुन्छ ।’

सदन र सडकमा विरोधका बाबजुत सरकारले एमसीसी प्रक्रिया अघि बढाएको छ । यसअघि प्रतिनिधिसभा बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सदनमा टेबल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.