एमसीसीविरुद्ध प्रदर्शन चर्किँदै : नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

0

काठमाडौं : सत्ता साझेदार दलहरुको एमसीसी संसदमा पेश गर्ने निर्णयविरुद्ध सडक आन्दोलन शुरु भएको छ ।

सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । आइतबार पनि विभिन्न राजनीतिक दल र अभियन्ताहरुले काठमाडौँको नयाँ बानेश्वर, माइतिघर लागायतको क्षेत्रमा विरोध प्रदर्शन गरे ।

एमसीसीको विरुद्धमा आन्दोलनरत छ दलीय मोर्चा, नेपाल पजदुर किसान पार्टी र सत्तारुढ नेकपा माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले विरारोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्न खोज्दा झडप समेत भएको छ ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।

एमसीसी परियोजनाका प्रावधानहरु राष्ट्रहित विपरित रहेकोले कुनैपनि हालतमा पास हुन नहुने उनीहरुको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद बैठकबाट जसरी पनि अनुमोदन गराउने प्रयास गरेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै आएको छ । यथायिस्थीतिमा एमसीसी पास गर्न नहुनेको उनीहरुको माग छ ।

Leave A Reply

Your email address will not be published.