एमसीसी टेबुल गर्ने निर्णयप्रति झलनाथ खनालको आपत्ति

0

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सत्तारूढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । 

उनले संविधानविपरीत गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको समेत आरोप लगाए । 

शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको उनले बताए ।

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारूढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए । 

Leave A Reply

Your email address will not be published.