एमसीसी संसदमा टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

0

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबुल गर्ने निर्णय गरेको छ । 

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने निर्णय गरेको हो । 

गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबुल हुने जानकारी दिए । 

प्रवक्ता कार्कीले एमाले नेतृत्वको पूर्ववर्ति सरकारले एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा दर्ता गराएको र सोही दर्तालाई टेबुल गर्न लागिएको भन्दै यसको सम्बन्धमा एमालेले जवाफ दिनुपर्ने बताए । 

Leave A Reply

Your email address will not be published.