स्थानीय निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताए ।

प्रधानमन्त्री देउवाले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गरे । उनले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने बताए ।

स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढिकरणगरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.