सैनिक फिर्ता गरेर वार्ताको टेबलमा आउन रुसलाई बाइडेनको आग्रह

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको बताएका छन् ।

राष्ट्रपति बाइडेनले टेलिभिजन मार्फत देशबासीका नाममा सम्बोधन गर्दै रुसले आउँदा केही दिनमा युक्रेनमाथि आक्रमणको तयारी गरेको भन्ने कुरा विश्वास गर्ने कारणहरु रहेको बताएका हुन् ।

उनले रुसले युक्रेनमाथि आक्रमण गर्नेमा आफू विश्वस्थ रहेको समेत उल्लेख गरे । रुसले आक्रमणको निर्णय नै गरेकोमा शंका नरहेको उनको दाबी छ ।

रुसले अझै पनि समस्या समाधानका लागि कूटनीतिक मार्ग रोज्न सक्ने र त्यो नै उत्तम विकल्प हुने बाइडेनले दोहोर्‍याएका छन् ।

उनले सैनिक फिर्ता गरेर वार्ताको टेबलमा आउन रुससँग आग्रह गरेका छन । अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने सम्भावना रहेको बाइडेनले बताएका छन् ।

रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

रुसले युक्रेनमा आक्रमणको बहाना बनाउनका लागि आफैले भ्रामक परिस्थिति सिर्जना गर्ने सम्भावना रहेको पश्चिमा मुलुकहरुले बताउँदै आएका छन् ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख ६९ हजार देखि एक लाख ९० हजार सैनिक तैनाथ गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.